site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘थामे बाढीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढेको पुष्टि भयो’

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तापक्रम वृद्धिका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेमा हिमताल फुटेर बाढी भएको जनाएको छ ।

बुधबार सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले तापक्रम वृद्धिका कारण थामे खोलाको मुहान क्षेत्रमा रहेका हिमतालमा पानी बढेको र तल्लो ताल फुटेर बाढी आएको जानकारी दिए ।

उनका अनुसार, स्थलगत निरीक्षणका क्रममा पनि हिमाल पग्लेर माथिल्लो तालमा पानीको सतह बढेको र उक्त पानी तल्लो तालमा जम्मा भएपछि भार थेग्न नसकेको फुटेको देखिएको छ ।

पोखरेलले स्थानीयहरूले बाढी आएका बेला केही वर्षा भए पनि अहिलेसम्मकै गर्मी महसुस गरेको बताएको समेत जानकारी दिए । उनले सोलु घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढेको पुष्टि भएको उल्लेख गरे ।

उक्त घटनाको अध्ययन गर्न सर्भे टोली सक्रिय रहेकाले केही दिनमा नै ठोस तथ्य बाहिर आउने प्राधिकरणले जनाएको छ । 

गत शुक्रबार (साउन ३२ गते) दिउँसो सोलुखुम्बुको थामेमा एक्कासि बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो । शनिबार बिहान प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro