site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेटा भी ईभीको बिक्री ८०० युनिट नाघ्यो

काठमाडौं । सीजी मोटर्सले नेपालमा विद्युतीय सवारी (ईभी) ब्रान्ड नेटाको भी मोडलको बिक्री ८०० युनिट नाघेको जनाएको छ । छोटो समयमै टप–नच ह्याचब्याकको बिक्रीले ठूलो आँकडा पार गरेकोमा कम्पनीले यसको पर्फमेन्स, रिलायबिलिटी र वातावरणमैत्री विशेषता भएको बताएको छ ।

कम्पनीले नेटा भी नेपाली बजारमा गेम चेन्जर बनेको दाबी गरेको छ ।  ४०.७ किलोवाट आवरको ब्याट्री रहेको गाडीले ३८० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

Neta-1724155303.jpeg
 

५० किलोवाट क्षमताको मोटर र १२० एनएम टर्क रहेको गाडीलाई २० मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिने जनाएको छ । गाडीको ब्याट्रीमा ८ वर्ष अथवा एक लाख ५० हजार किलोमिटरसम्मको वारेन्टी छ ।

होजोन अटोको ब्रान्डका रूपमा रहेको नेटाले चीन, थाइल्यान्ड, इन्डोनेसिया, म्यानमार, ब्राजिल, टर्की, स्पेनलगायतका बजारमा आफ्नो बजार विस्तार गरेको छ ।

सीजी मोटर्सले नाडा अटो शोमा नेटाको नयाँ मोड नेटा एक्स सार्वजनिक गर्ने भएको छ । कम्पनीले नेटाका विशेषताले यो नेपाली बजारमा विशेष स्थान बनाउँदै गएको बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro