राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले आफ्ना कमजोरीको भारी संविधानलाई बोकाउन नहुने बताएका छन् । समाजवादी चिन्तक स्व. प्रदीप गिरिको स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अयोग्यताको भारी प्रणालीलाई बोकाउन नहुने बताए ।
बस्नेतले कमजोरीहरूप्रति आत्मसमीक्षा गरी सुधारको बाटोमा जानुपर्ने आवश्यकता औंल्याए । “राम्रा कुराहरूको श्रेय लिऔँ । कमीकमजोरीहरू जहाँ छन्, आत्मसमीक्षा गरौँ । सुधार गरौँ । हाम्रा कमजोरीको भारी संविधानलाई नबोकाऔँ,” बस्नेतले भने ।
गिरिले सबैको सम्मान, आस्था र विश्वासको रूपमा आफूलाई स्थापित गरेको उनले बताए । उनको अभाव खड्किरहेको उल्लेख गरे ।
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ १५:५६
प्रतिक्रिया दिनुहोस्