site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिमियर लिग पुनरागमनमा लेस्टरलाई अंक 

काठमाडौं । जेर्मी भार्डीले बराबरी गोल फर्काएपछि इंग्लिस प्रिमियर लिगको पुनरागमन खेलमा लेस्टर सिटीले टोटनहमविरुद्ध १–१ को बराबरी खेल्दै अंक खोसेको छ ।

सोमबार घरेलु मैदान किंग पावर रंगशालामा खेलको २९औँ मिनेटमा पेड्रो पोरोले हेडर गोल गर्दै पाहुना टिम टोटनहमलाई अग्रतामा राखेका थिए । तर, ५७औँ मिनेटमा भार्डीले गोल गरेपछि लेस्टरले पहिलो खेलमै अंक जोडेको हो । स्टिभ कुपरको प्रशिक्षणमा लेस्टरको यो पहिलो खेल समेत हो ।

प्रिमियर लिगमा टोटनहमविरुद्ध भार्डीले गरेको यो नवौँ गोल हो । समग्रमा प्रिमियर लिगमा भार्डीको यो १३७औँ गोल हो । लेस्टर दुई वर्षअघि प्रिमियर लिगबाट रेलिगेट भएको थियो । त्यसयता लेस्टरले प्रिमियर लिगको एक सिजन गुमाएको थियो ।

पहिलो खेलमै अंक जोडेको लेस्टर प्रिमियर लिग तालिकाको १०औँ स्थानमा छ । टोटनहम १२औँ स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro