site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्णालीका सबै जोखिमयुक्त घरको बिमा गर्दै छौंः मुख्यमन्त्री कँडेल

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरको बिमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन् । 

किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा घर बिमामा बजेट छुट्याएको उनले बताएका हुन् । प्रदेश सरकारले यसका लागि चार करोड ५० लाख बजेट विनियोजन गरेको उनले बताए । 

Argakhachi Cement Island Ad

“राष्ट्रियस्तरको यो बहसमा संघ, प्रदेश र स्थानीय सबै तहका सरकार तथा साझेदार निकायहरु छौं,” मुख्यमन्त्री कँडेलले भने,  “विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य सम्बन्धी यसले जारी गर्ने घोषणापत्र कर्णाली सरकारले सम्बोधन गर्ने होस् ।” 

उनले प्रदेश सरकारले गत वर्षको जाजरकोट भूकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई दुई लाखका दरले विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बिमा रकम दिइएको बताए ।  

चालु आर्थिक वर्षमा विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बिमाका लागि प्रदेश सरकारले एक करोड ७५ लाख बजेट छुट्याएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्