site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छन् । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी राणाले आज साँझ भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गरेकी हुन् ।

भेटपछि परराष्ट्रमन्त्री राणाले भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको जानकारी दिएकी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"नेपालको परराष्ट्रमन्त्रीका रूपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु," राणाले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

यसअघि, आजै उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी थिइन् ।

भारतको पाँचदिने भ्रमणका लागि राणा आइतबार नयाँ दिल्ली गएकी हुन् ।

Arju-Rana-Mod-(4)-1724081706.jpg

Arju-Rana-Mod-(2)-1724081683.jpg

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  २१:०८
प्रतिक्रिया दिनुहोस्