site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो ।

झाविरुद्ध गत साउन २९ मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेका थियो । साउन ३० देखि नै बयान थालेको अदालतले ३२ गते सुनुवाइ सुरु गरेको थियो ।

Dabur Nepal
NIC Asia

शुक्रबार झाको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले बहस गरेका थिए ।

जाहेरवालातर्फका कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

आइतबार जाहेरवालातर्फको बहस सकिएलगत्तै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । अब उनी माथिल्लो अदालतमा पुनरावेदनका लागि जान पाउने छन् । माथिल्लो अदालतबाट अन्य आदेश नभएमा मुद्दाको फैसलासम्म उनी थुनामै रहने छन् । फैसला धेरै ढिला भएर अभियोगमा दाबी गरिएको सजाय भन्दा बढी समय थुनामा बसेपछि मात्र उनले सर्वोच्चमा थुनामुक्त हुन रिट निवेदन लैजान पाउने छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा झालाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा प्रतिवादी बनाइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro