site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुलुकमा छिट्टै शतप्रतिशत विद्युतीकरणको घोषणा हुन्छ : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतीकरण घोषणा हुने बताएका छन् । शनिबार विद्युत् प्राधिकरणको ३९औँ वार्षिकोत्सव कार्यक्रममा उनले मुलुकमा शतप्रतिशत विद्युतीकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताएका हुन् ।

आठ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत् पुगेको उनले उल्लेख गरे । विद्युत् सेवा हाल करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै उनले सरकारले सञ्चालन गरेको ‘उज्यालो नेपाल’ अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताए ।

कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ती जाने र आउने हुने गरेको बताए । लोडसेडिङ भने इतिहासको विषय भइसकेको उनले सुनाए ।

उनले वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन र व्यापार घाटा कम गर्न सक्ने अवस्थामा पुगेको जानकारी गराए ।

कार्यक्रममा कुलमान घिसिङको भनाइ पढ्नोस्–
आठ वर्षअघि वर्षायाममा समेत दैनिक आठ/नौ घण्टा र सुक्खायाममा १८ घण्टासम्म लोडसेडिङ भोग्नुपरेको कहालीलाग्दो अवस्थाबाट हाल वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् दैनिक ७०० मेगावाटभन्दा बढी निर्यात हुने अवस्थामा पुगेका छौँ । २०७३ सालको तिहारको लक्ष्मीपूजाको दिनदेखि काठमाडौं उपत्यकाबाट प्रारम्भ गरिएको लोडसेडिङ अन्त्यको अभियानबाट २०७५ वैशाखबाट मुलुकभर लोडसेडिङ अन्त्य गर्न सफल भएका थियौँ । प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने, आउने गरेता पनि हामी गर्वका साथ भन्न सक्छौँ– लोडसेडिङ अब इतिहास भइसकेको छ । त्यति मात्र होइन, वर्षायाममा भारततर्फ विद्युत् निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्न सक्ने अवस्थामा हामी पुगेका छौँ । हिउँदयाममा अझै केही महिना विद्युत् आयात गर्नु परेता पनि आयातको परिणाम क्रमशः घट्दै जानेछ । गत आर्थिक वर्षबाट देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेर नेपालले गौरवमय इतिहास बनाइसकेको छ । आठ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत् सेवा अहिले करिब ९९ प्रतिशतभन्दा बढीमा पुगेको छ । सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको यो नै सबभन्दा ठूलो सफलता हो । अब छिट्टै मुलुक शतप्रतिशत विद्युतीकरण घोषणा गर्ने अवस्थामा पुगेको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, भदौ १, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro