site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
चकटी बहसमा ज्ञानु पाण्डेको निबन्धकृति ‘जीवनको अभिनन्दन’

काठमाडौं । पठन संस्कृतिको विकासका लागि अन्तर्क्रियात्मक कार्यक्रम ‘चकटी बहस’ गर्दै आएको बुकाहोलिक्समा यसपटक निबन्धकार प्रा.डा. ज्ञानु पाण्डेको निबन्धकृति ‘जीवनको अभिनन्दन’ माथि छलफल भएको छ ।

शुक्रबार थापाथली काठमाडौंमा आयोजित चकटी बहसमा समीक्षक राजकुमार बानियाँले पाण्डेका निबन्धहरू लालित्यपूर्ण रहेको बताए । बानियाँले कृतिमा ११ वटा निबन्ध मात्रै भए पनि यसमा वैचारिक र बौद्धिक खुराक रहेको उल्लेख गरे । पाण्डेका निबन्धमा चिन्तन पक्ष पनि बलियो रहेको बताउँदै बानियाँले कृतिभित्र लोभलाग्दा निबन्धहरू रहेको बताए । उनले कृतिभित्रका कमजोरीहरूबारे पनि बोले ।

कार्यक्रमका अर्का समीक्षक वक्ता प्रमोद प्रधानले पाण्डेका निबन्धहरूमा जीवनप्रतिको गहिरो चिन्तन अभिव्यक्त भएको बताए । प्रधानले पाण्डेका निबन्धले सकारात्मक दृष्टिकोण राख्न उर्जा दिने बताए । प्रधानले भाषाले निबन्धलाई खासमा निबन्ध बनाउने भन्दै भाषिक शिल्प यस निबन्धकृतिमा पाइने बताए ।

निबन्धकार पाण्डेले एउटा लेखकलाई उभित्रको पाठकले अंकुश लगाउने बताइन् । त्यसैले पनि लेखनमा पाठकको सत्ता चल्ने उनको तर्क थियो । पाण्डेले जीवनको सार बोल्ने ११ निबन्धहरू यस कृतिमा समावेश गरेको उल्लेख गरिन् ।

बुकाहोलिक्सकी संयोजक साहित्यकार सगुना शाहले बहसमा ल्याउनुपर्ने कृतिहरू धेरै भएको बताउँदै केही समय महिला सर्जकहरूको कृतिमाथि मासिक रूपमा चकटी बहस हुने जानकारी दिइन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro