site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’ सार्वजनिक
SkywellSkywell

काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत सार्वजनिक भएको छ । काठमाडौंमा आज कार्यक्रम आयोजना गर्दै निर्माण टिमले ‘छड्के सलाम’ बोलको गीत सार्वजनिक गरेको हो । 

बिहेको रमाइलो प्रस्तुत गरिएको गीतमा कालीप्रसाद बास्कोटा, बबिना किराँती, र निश्चल बस्नेतको स्वर छ । शब्द तथा संगीत जयन जे वाइवाको छ । 

KFC Island Ad
NIC Asia

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, बसुन्धरा भुसाललगायत कलाकार फिचर्ड छन् । 

सिनेमामा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचितत्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरू को डेव्यु निर्देशकीय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro