site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
राष्ट्रकवि माधव घिमिरेको सम्झना 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । झापास्थित साहित्य चौतारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्झनामा लैनचौरस्थित कवि कुञ्जमा विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त अवसरमा घिमिरेपत्नी महाकाली घिमिरेलाई सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले घिमिरे पत्नीलाई सम्मान गर्दै झापामा रहेर पनि साहित्यमा सक्रिय साहित्य चौतारीको योगदानको चर्चा गरे । 

उक्त अवसरमा राष्ट्रकविद्वारा सिर्जित गीत, ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे...’, ‘फूलको थुँगा बहेर गयो...’, ‘गाउँछ गीत नेपाली...’, ‘आजै र राती के देखेँ सपना...’ गायकहरू जीवन अधिकारी, लोचन भट्टराई, लाक्पा शेर्पा, प्रदीप देवान, समीर खरेल, धना राईले गाएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्