site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्त्रीहरूको आलोचना गरी उत्तरदायी बनाउन सञ्चारमन्त्रीको सुझाव 
फाइल तस्बिर ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन् । काठमडौंमा शुक्रबार राष्ट्रिय समाचार समिति (रासस)को मिडिया संग्रहालय शुभारम्भ गर्दै उनले नेपालीले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताए । 

सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको उनको भनाइ छ । मन्त्री सुब्बाले  जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याए पनि १५ प्रतिशत मात्रै खर्च हुने गरेको भन्दै यस्तो अवस्थाले देश बन्न नसक्ने बताए । 

एनले सुशासनको अभावका कारण ठिक ढंगले काम नसक्दा भ्रष्टाचार बढिरहेको धारणा राखे । भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको उनको भनाइ छ । 

मन्त्री गुरुङले भ्रष्टाचार र विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न आवश्यक रहेको बताए । 

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गरी उनीहरूलाई जनउत्तरदायी बनाउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्नेमा उनको जोड छ । 

सञ्चारमन्त्री गुरुङले सरकारको विपक्षमा बस्ने काम मिडियाको नभएको बताए । नराम्रो काम गरेको ठाउँमा निर्मम हुने र राम्रो कामको पक्षमा वकालत गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro