site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मोहन कार्कीको ‘कृपज’ लोकार्पित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जनआकाश साप्ताहिकले स्थापनाको १७औँ वार्षिकोत्सवको अवसर पारेर सम्पादक मोहन कार्कीद्वारा लेखिएको कृषि, पर्यटन र जलविद्युत्माथि केन्द्रित पुस्तक ‘कृपज’ लोकार्पण गरेको छ । 

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कृति लोकार्पण गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले ‘कृपज’ (कृषि, पर्यटन र जलविद्युत्ले) समग्रतामा विकास निर्माणका लागि स्पष्ट निर्देश गरेको उल्लेख गर्दै खुसी व्यक्त गरिन् ।
 
‘कृपज’माथि दामोदर दीपकले समीक्षात्मक टिप्पणी गर्दै पुस्तक विकासका लागि सुत्रात्मक कृति रहेको उल्लेख गरे । 

उक्तअवसरमा साहित्यकारहरू डा. शैलेन्दुप्रकाश नेपाल, ललिता दोषी, पत्रकार राजन कार्कीसहितलाई सम्मानित गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्