site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले यो भदौ महिनाका निम्ति ब्याजदर घटाएका छन् । सञ्चालित २० मध्ये १३ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । चारले स्थिर राखेका छन् । दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन् ।

औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको शुक्रबार सार्वजनिक विवरणानुसार देखिन्छ । सर्वाधिक ब्याजदर घटाउनेमा नेपाल बैंक छ । यो बैंकले साउनमा मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ ।

यस्तै, प्रभु बैंकले ०.९० प्रतिशत विन्दु, नेपाल इन्भेस्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

ब्याजदर बढाउनेमा हिमालयन र प्राइम कमर्सियल बैंक छन् । साउनको तुलनामा भदौका निम्ति यी दुवै बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् ।

ग्लोबल आइएमई, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकले ब्याजदर स्थिर राखेका छन् ।

पछिल्ला दिनमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । थोरै ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न मानिस कम आउने गर्छन् ।

sadF-1723781891.jpg
नेपाल राष्ट्र बैंकका अनुसार, हाल बैंक तथा वित्तीय संस्थामा पर्याप्त पैसा छ । लगानीयोग्य रकम पर्याप्त भएपछि बैंकहरू निक्षेप आकर्षण गर्नतर्फ नलागेको देखिन्छ ।

राष्ट्र बैंकका अनुसार, हाल कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७९.०२ प्रतिशतसम्म झरेको अवस्था छ । राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म कायम गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनानुसार अझै बैंकहरूमा जम्मा भएको निक्षेपको करिब ११ प्रतिशत कर्जा लगानी गर्न सक्ने अवस्थामा छ ।

आउँदा दिनमा पनि ब्याजदर घट्दै जाने बैंकरले बताउँदै आएका छन् । यसले गर्दा आउँदा दिनमा धितोपत्र दोस्रो बजारमा अझै पैसा आउन सक्ने सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro