site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आईएमई र जीएमई रेमिटको एकीकृत कारोबार सुरु

काठमाडौं । रेमिट्यान्स कम्पनी आईएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि आईएमई लिमिटेडको नाममा बुधबारबाट एकीकृत कारोबारको शुभारम्भ गरिएको हो ।

एकीकृत कारोबारको शुभारम्भ गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई सुरुवातको समय करिब २० प्रतिशतमात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको जानकारी दिए । उनले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमको पूर्ण पालना गर्दै अगाडि बढ्ने गरेको बताए ।

Dabur Nepal
NIC Asia

आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको उनले बताए । त्यस्तै, उनले रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको समेत बताए ।

त्यस्तै, आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले अवको दिनमा आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकसहित सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले रेमिट्यान्स र बैंकिङ कारोबारलाई डिजिटल बनाउँदा पनि समस्या आउने गरेको बताए ।

मर्जरपछि कम्पनीको कारोबार वार्षिक साढे तीन खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  २२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro