site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गन्तव्य समेत स्पष्ट नभएकाहरूले लोकतन्त्रमा प्रहार गर्दैछन् : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्था विरोधी प्रवृत्तिहरू देखा पर्न थालेको बताएका छन् । 

बुधबारको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले लाखौँ जनताको रगतले ल्याएको लोकतान्त्रिक व्यवस्थालाई गन्तव्य के हो ? कहाँ पुग्ने के बनाउने भन्ने थाहा नै नभएकाहरूले प्रहार गरिरहेको बताए । 

Dabur Nepal
NIC Asia

“यस्तो प्रवृत्तिबाट कसरी देशलाई मुक्त गर्ने ? विभिन्न ढंगले समाज भड्काउन खोजेको छ । केही कमीकमजोरी होला केही उपलब्धी हासिल नभएको होला । तर, त्यसलाई अतिरञ्जित प्रस्तुत गरेर प्रणालीविरुद्ध जान खोजेको देखिन्छ,” उनले भने, “सरकार यस मामलामा सजक छ । हामी लोकतन्त्रका लागि लडेर बलिदान दिएका हौँ । बलिदान संघर्ष त्याग ख्याल ख्याल कुरा हैन ।”

उनले कठिन संघर्षबाट लोकतन्त्र आएको भन्दै थपे, “एक दुईजनाको रगत बगेको मात्र होइन मानिसका आयुका आयु गएको छ । देशको बारेमा संघर्ष चिन्ता गर्दा गर्दै जेलमा निधन भएर शव समेत नेपालमा ल्याउन दिइएन । निर्वाचित प्रमका कारण जेल गएर बस्नुपरेको निर्वाचित सरकार अपदस्थ भएको देखेका छौँ । आखिर त्यो अधिनायकवादमा गयो ।”

उनले अधिनायकवादले जिते जस्तो देखे पनि दीर्घकालीन र दिगो नहुने भन्दै टिकाउ भनेको लोकतन्त्र मात्र भएको उल्लेख गरे ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro