site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद पोखरेलको प्रश्न– १६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने म भ्रष्टाचारी ? 

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले १६ अर्ब छुट दिने क्रान्तिकारी, २२ अर्ब उठाउनुपर्छ भन्ने म सभापति भ्रष्टाचारी भन्दै प्रश्न उठाएका छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले गत वैशाख २७ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले ‘डेडिकेटेड र ट्रंकलाइनको सवालमा १६ अर्ब विद्युत् महसुल छुट दिने निर्णय गरेको बताए । उनले उक्त बैठकले ६ अर्ब मात्र महसुल उठाउने निर्णय गरेको भन्दै भने, “यसले जम्मा ६ अर्ब उठा भन्छ । महालेखाको प्रतिवेदनले २१ अर्ब ८८ करोड उठा भन्छ । १६ अर्ब खोइ ?”

उनले उजुरीका चाङ परेपछि लेखा समितिमा यो विषयमा छलफल भएको भन्दै प्राधिकरण, सरकार र व्यवसायीको सेटिङमा आयोग निर्माण भएको र त्यसले १६ अर्ब छुट दिने निर्णय गरेको भन्दै थपे, “एक मान्यज्यूले भन्नुभयो १६ अर्ब छुट दिने परिस्थिति निर्माण कसरी भयो भन्दा व्यवसायी र समितिको बीच बहस भयो । व्यवसायीको तर्फबाट सामूहको प्रस्तुती जसले गर्नुभयो त्यो र लाल आयोगको भाषा शब्द र शैली पनि जस्ताको त्यस्तै कसरी मिल्छ । माननीयज्यूको प्रश्न थियो । 

उनले आफूमाथि प्रश्न उठेको भन्दै भने, “१६ अर्ब छुट दिने क्रान्तिकारी २२ अर्ब उठाउनुपर्छ भन्ने सभापति भ्रष्टाचारी यो कहाँको न्याय हो ?”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro