site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केदार घिमिरे भन्छन्– हास्य कलाकारहरूबीच द्वन्द्व छैन, वार्तामार्फत समस्याको हल हुन्छ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । कलाकार केदार घिमिरे (माग्ने बुढा)ले हास्य कलाकारका सिनेमा नजुध्ने बताएका छन् । हास्य कलाकार जितु नेपाल अभिनीत चलचित्र ‘ज्वाइँ साब’ पनि ‘छक्का पञ्जा–५’ रिलिज हुने दिन नै प्रदर्शन हुने भएपछि केदारले यस्तो दाबी गरेका हुन् । 

‘ज्वाइँ साब’ पनि ‘छक्का पञ्जा–५’ रिलिज हुने असोज २४ गते रिलिज हुने भएपछि केदारले हास्य कलाकारहरूबीच द्वन्द्व नरहेको भन्दै संवादमार्फत छुट्टाछुट्टै समयमा आउने संकेत गरेका हुन् ।  

“हास्य कलाकारहरूका बीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन । यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ,” केदारले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

‘ज्वाइँ साब’ले आज सिनेमाका दुई पोस्टर सार्वजनिक गर्दै असोज २४ मा प्रदर्शनमा आउने मितिबारे जानकारी गराएको थियो । 

‘ज्वाइँ साब’मा मुख्य भूमिकामा जितु नेपाल छन् । ‘छक्का पञ्जा–५’मा दीपकराज गिरी छन् । 

‘छक्का पञ्जा–५’ले पहिला असोज २४ मा आउनेभन्दै रिलिज डेट लक गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro