site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मध्य भोटेकोसीको प्रसारण लाइनको ६ वटा टावर निर्माणमा दुई वर्षदेखि अवरोध 
SkywellSkywell

काठमाडौं । नेपालमा प्रसारण लाइन निर्माण गर्न कति कठिन छ भन्ने मध्य भोटेकोसी जलविद्युत् आयोजनाको हविगतले देखाउँछ । करिब दुई किलोमिटर प्रसारण लाइन दुई वर्षदेखि निरन्तर अवरोध बेहोर्नु परिरहेको छ ।
 
आफ्नो जग्गाबाट तार तान्न नदिने, घरमाथि प्रसारण लाइन पर्न नदिने जस्ता कार्यले प्रसारण लाइन निर्माणमा समस्या हुने गरेपनि सो क्षेत्रमा भने सामाजिक उत्तरदायित्वअन्र्तगत आयोजनासँग ठूलो रकम माग गरेपछि प्रसारण लाइन निर्माणमा निरन्तर अवरोध छ ।

निर्माणमै ढिलाइ भएको आयोजनाको प्रसारण लाइनतर्फ स्थानीयको अवरोधले झन् समस्या बेहोर्दैछ । सामाजिक उत्तरदायित्वमा १० करोड रुपैयाँ बराबरको रकम माग गर्दै स्थानीयले रोकेपछि प्रसारण लाइन निर्माण अघि बढ्न सकेको छैन ।

आयोजना निर्माणमै १३ वर्षभन्दा बढी लागेको मध्यभोटेकोसी जलविद्युतको प्रसारण लाइन अवरोध भएपछि निजी क्षेत्रको प्रसारण लाइनलाई डबल सर्किट बनाएर अस्थाई समाधान निकालेको छ । १०२ मेगावाट क्षमता रहेको आयोजनाअन्तर्गतको ६ वटा टावर निर्माणमा अवरोध भइरहेको प्राधिकरणको भनाइ छ ।

Dabur Nepal
NIC Asia

यसअघि गत पुुसमा ‘वेट टेष्ट’ गर्दा सुरुङ चुहिएपछि आयोजना पुर्ननिर्माण भइहरेको र भदौ दोस्रो सातासम्म निर्माण सकिने मध्यभोटेकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले जानकारी दिए ।

“काम सकिएकोे मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ,” उनले भने, “भदौको दोस्रो सातासम्म सुरुङ निर्माण सक्ने र त्यसपछि विद्युत् उत्पादन गर्ने योजना छ ।”

प्रसारण लाइन निर्माणमा भने हालसम्म छलफल मात्रै भइरहेको उनले जानकारी दिँदै पछिल्लो पटकको छलफल सकारात्मक रहेको र समस्या समाधानतर्फ गएको उनले बताए ।

“आयोजनाको चुहिएको सुरुङ निर्माण सकिन लागेको छ । प्रसारण लाइनको अवरोध हेरेर त्यसको परीक्षणमा गर्ने तयारीमा छौं,” प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले भने, “प्रसारण लाइन निर्माणमा भएको अवरोधको विषयमा छलफलमा छौं । चाँडै टुङ्गिन्छ ।”

उनका अनुसार, बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँती क्षेत्रमा स्थानीय बासिन्दाको अवरोधका कारण आयोजनाले २ किमी तार तान्नमा अवरोध छ । निरन्तर अवरोध भएपछि मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको शिवाकोटीले जानकारी दिए । 

उनका अनुसार, २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सवस्टेसनमा पुगेको विद्युत्लाई सोही सवस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने संरचना तयार भएको छ ।

अवरोध कायमै भएपछि २२ मेगावाटको माथिल्लो ‘चाकु–ए’ जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावर प्रसारण लाइन प्रयोग गर्ने तयारी गरेको छ ।

शिवश्रीले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल सर्किटको बनाएर बाह्रबिसे सबस्टेसनमा लगेर जोड्न लागेको हो ।

सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौं प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उक्त लाइनहरू सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह गर्ने तयारी भएको उनले जानकारी दिए । 

कात्तिकबाट उत्पादनको तयारी 

यसअघि पनि पटक पटक व्यावसायिक उत्पादन मिति सार्दै आएको आयोजनाले पछिल्लो पटक २०८१ को कात्तिक अन्तिममा पुर्‍याएको छ । कम्पनीका अनुसार, सुरुङको निर्माण भदौको दोस्रो साताभित्र सक्ने र अन्य परीक्षण गरी कात्तिकमा उत्पादन थाल्ने तयारी छ ।

चार वर्षमा सक्ने गरी २०७० मा निर्माण सुरु गरेको आयोजनाले २०६८ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो । आयोजना निर्माण सुरु गर्दा २०७४ मै विद्युत् उत्पादन गर्ने आयोजना निर्माण सुरु भएको थियो । 

तर, भुकम्प र नाकाबन्दीको कारण देखाएर विद्युत् उत्पादन मिति २०७६ पुर्‍यायो । २०७६ पछि कोभिड–१९ तथा आर्थिक मन्दीको असर भन्दै २०७८ पुर्‍याएको थियो । 

त्यसपछि २०७९ पुसमा पु¥याएको आयोजनाले गत वर्षको पुसमा ‘वेट टेष्ट’ गर्दा पानी चुहिएको थियो । पछिल्लोपटक अन्तिम परीक्षणमा समस्या भएपछि कम्पनीले हाल समाधान गरिरहेको छ ।

आयोजनामा भएको ढिलाइसँगै लागतमा पनि उच्च वृद्धि भएको छ । सुरुमा १२ अर्ब २८ करोड रहेको लागत आयोजनामा भएको ढिलाइसँगै २० अर्बको हाराहारीमा पुगेको छ । पीपीए भएको १३ वर्ष र आयोजना निर्माण सुरु भएको ११ वर्षसम्म पनि आयोजना सम्पन्न हुन नसक्नुमा आयोजनाले ठेकेदारको गल्ती देखाउने गरेको छ । 

वेट टेस्टिङ र परीक्षण उत्पादन गरी गत वर्षको चैतबाटै व्यवसायिक उत्पादन सुरु गर्ने कम्पनीको तयारी थियो । तर, आयोजनाको गुणस्तरमा ध्यान नदिएका कारण ‘वेट टेस्टिङ’ गर्दा सुरुङबाट पानी चुहिएको थियो ।

सुरुङबाट पानी निस्केको विषयमा प्राविधिक विशेषज्ञले अध्ययन गर्न नै झण्डै ३ महिना लागेको थियो । समस्या पहिचानपश्चात हाल रेट्रोफिटिङको काम चलिरहेको मध्य भोटेकोसी आयोजना प्रमुख शिवाकोटीले बताए । 

यसअघि गत पुसमा ‘वेट टेस्टिङ’का क्रममा बाँधको संरचना सकेर सुरुङमा माघको तेस्रो साता पानी पठाइएको थियो । त्यसको केही दिनमा सुरुङबाट पानी चुहिएको थियो ।
 
“आयोजनामा चुहिएको ठाउँमा रेट्रफिटिङको कार्य हुँदैछ । अबको करिब १ महिनामा पुनः वाटर टेस्टिङ गर्छौं,” उनले भने, “अबको दुई महिनाभित्र सबै काम सकियो भने तिहार लगत्तै उत्पादन गर्ने योजनामा छौं ।”

प्रसारण लाइन निर्माण पूरा भए योजना अनुसार नै तीन महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा आउनेछ । स्थानीयको विरोधका कारण ट्रान्समिसन लाइनको काम सकिएको छैन ।  त्यस क्षेत्रमा करिब ३ किलोमिटर क्षेत्रमा अवरोधका कारण तार तान्न नसकिएको शिवाकोटी बताउँछन् । समयमा आयोजना र प्रसारण लाइन नबन्दा हालसम्म करिब २० अर्ब बराबरको क्षति भएको शिवाकोटी बताउँछन् ।

प्रसारण लाइन निर्माणमा समस्या हुँदा पनि यसले आयोजना निर्माणमा पनि ढिलाई भएको कम्पनीको भनाइ छ । आयोजनाबाट विद्युत् उत्पादन भएपनि प्रसारण लाइनमा नबन्दा खेर जाने भएपछि काममा केही सुस्तता आएको कम्पनीको भनाइ छ ।

मध्य भोटेकोसीमा नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनीको १, सिन्धु इन्भेस्टमेण्ट कम्पनीको १ र सिन्धु भोटेकोसी हाइड्रोपावरको १ प्रतिशत गरी ५१ प्रतिशत संस्थापक सेयरधनी रहेका छन् ।

त्यस्तै ४९ प्रतिशत साधारण सेयरधनीमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर छ । 

कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरू १० लाख ७५ हजार छन् ।

आयोजनाले वार्षिक रुपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।
 
प्रसारण लाइनतर्फ समस्या भएपनि २२०÷१३२ केभी सबस्टेसन निर्माण भइसकेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२÷११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मर सहित सबस्टेसन तयार रहेको प्राधिकरणले जनाएको छ ।

ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सवस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमै ४०० केभीको अर्को सवस्टेसन पनि निर्माणाधीन छ । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको सबस्टेसनमा मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने प्राधिकरणले जनाएको छ ।

निर्माण सकिएपछि मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिंगल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu