site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानका पूर्व गुप्तचर प्रमुख सैन्य हिरासतमा
Tiktok banner adTiktok banner ad

इस्लामाबाद  । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका पाकिस्तानका पूर्व गुप्तचर प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिदलाई सैन्य हिरासतमा लिइएको सेनाले सोमबार घोषणा गरेको छ ।

गत वर्ष प्रकाशित सर्वोच्च अदालतको दस्तावेजअनुसार सन् २०२२ डिसेम्बरमा पद त्यागेका हमिदमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको र निजी आवास डेभलपरको व्यवसायमा छापा मारेको आरोप लगाइएको थियो । त्यसबेला अदालतले डेभलपरलाई आफ्नो उजुरी रक्षा मन्त्रालयमा लैजान आदेश दिएको थियो ।

“पाकिस्तानको सर्वोच्च अदालतको आदेशको पालना गर्दै पाकिस्तानी सेनाले विस्तृत अदालतको छानबिन गरेको थियो । फलस्वरूप, लेफ्टिनेन्ट जनरल फैज हमिद (सेवानिवृत्त) विरुद्ध उपयुक्त अनुशासनात्मक कारबाही सुरु गरिएको छ,” सेनाको मिडिया शाखाले विज्ञप्तिमा भनेको छ । 

विज्ञप्तिमा कोर्ट मार्सलको प्रक्रिया सुरु गरिएको र हमिदलाई सैन्य हिरासतमा राखिएको उल्लेख छ । हमिदको सेवानिवृत्तिपछि पाकिस्तान सेनाको ऐनका ‘उल्लंघनका धेरै उदाहरण’ पनि ‘स्थापित’ भएको विज्ञप्तिमा बताइएको छ ।

उनी अविश्वासको मतमा केही शीर्ष अधिकारीहरूको समर्थन गुमाएर सत्ताबाट हटाइएका पूर्वप्रधानमन्त्री खानका कडा समर्थक रहेको विश्लेषकहरूले बताएका छन् । रासस/एएफपी

   

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro