site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाली बजारमा आयो ब्युटी प्रोडक्ट ‘ट्रु स्किन’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्रान्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले प्रोडक्टको एकसाथ लन्च गरेकी हुन् ।

शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् । अधिकारी कम्पनीको ब्रान्ड एम्बेसडरसमेत हुन् । शेखले प्रोडक्ट लन्च गर्दै धेरै ब्रान्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किनको जस्तो अरू नभएको बताइन् ।

ब्रान्डको १६ वटा प्रोडक्ट रहेको छ । लक्जरीयस ५० यसपीएफ प्लस क्रिम, लक्जरीयस ५० यसपीएफ पल्स जेल, बेबी डिएम मस्टुराईजिङ क्रिम, ग्लो ह्वाइटिङ क्रिम, भिटामीन सी क्रिम, एक्टिभ सावर जेल, एक्टिभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराइजिङ लोसन, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाइटिनिङ, लक्सर किलिन्जर, ग्लो ह्यान्ड फुट क्रिम र कोकोनट ओइल बजारमा सार्वजनिक भएको हो ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्