site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महिन्द्राले नेपालमा ल्यायो नयाँ ट्याक्टर ‘युभो टेकप्लस’

काठमाडौं । महिन्द्रा समूहअन्तर्गतकोे फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) नेपालमा ‘युभो टेकप्लस’ ट्याक्टर सार्वजनिक गरेको छ । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि ग्रुपले सोमबार युभो टेकप्लस ५७५ डीआई मोडल सार्वजनिक गरेको हो ।

यो ट्याक्टर विराटनगर, दमक, जनकपुर, वीरगन्ज, चितवन र नेपालगन्जका ६ अग्नि शाखा र डिलर लोकेसनमा एकैपटक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

युभो टेकप्लस सिरिजका ट्रयाक्टरमा १२एफ (फर्वाड) प्लस ३आर (रिभर्स) ट्रान्समिसन टेक्नोलोजी रहेको कम्पनीले जनाएको छ । तीन वटा स्पिड रेन्ज विकल्प रहेको ट्याक्टरले सजिलैसँग भारी उपकरण ह्यान्डल गर्नसक्ने कम्पनीको दाबी छ ।

शक्तिशाली इन्जिन रहेको ट्याक्टरले उच्चस्तरको टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्ने महिन्द्राको भनाइ छ । धेरै भार वहन गर्ने क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, फ्ल्याट प्लेटफर्मको साथ दुवै साइडमा सिफ्ट गियर लिभर, आरामदायी सिट र एर्गोनोमिकली राखिएको लिभरका कारण यो ट्रयाक्टर सबै कृषि र ढुवानी कार्यका लागी उपयुक्त रहेको कम्पनीले जनाएको छ । अपरेटरका लागि समेत ट्याक्टर आरामदायी रहेको बताइएको छ ।

महिन्द्रा एन्ड महिन्द्राको अन्तर्राष्ट्रिय अपरेसन प्रमुख केदार आप्टेले खेती र जीवनलाई समृद्ध बनाउने उद्देश्य अनुरूप नेपालको कृषि आवश्यकतालाई रूपान्तरण गर्न हामी प्रतिबद्ध रहेको बताएका छन् । सोहीअनुसार यो नयाँ ट्याक्टर सार्वजनिक गरेको उनले बताए ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले परिवर्तित समयसँगै नेपालका किसान विकसित हुँदै गएको बताएका छन् । कृषि उत्पादकत्व र आम्दानी बढाउन टेक्नोलोजीसँगै उच्चस्तरको सशक्तिकरण खोजिरहेको अवस्थामा युभो टेकप्लस सिरिज सार्वजनिक गरेको उनले बताए । 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro