site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दश टन चिनीसहित मिनी ट्रक प्रहरी नियन्त्रणमा
Tiktok banner adTiktok banner ad

बरहथवा (सर्लाही) । सर्लाहीमा प्रहरीले सात लाख बराबरको १० टन चिनीसहित मिनी ट्रक नियन्त्रणमा लिएको छ । 

आज इलाका प्रहरी कार्यालय केश्वरगञ्जको टोलीले ईश्वरपुर नगरपालिका–५, सखुवनी टोलबाट चिनीसहितको मिनी ट्रक पक्राउ गरेको हो ।

बयलवासबाट सिन्धुलीतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख १६०० नम्बरको ट्रक जाँच गर्दा बिलबीजकमा कैफियत देखिएपछि नियन्त्रण लिइएको प्रहरी नायब उपरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए ।

ट्रकमा ५० किलोग्रामका दुई सय बोरा चिनी रहेका प्रहरीले जनाएको छ । ट्रक चालक ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–२, निवासी ३७ वर्षीय झलक लिम्बूलाई नियन्त्रण लिइएको छ । आवश्यक कारबाहीका लागि उनलाई जिल्ला भन्सार कार्यालय मलङ्गवामा पठाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  २३:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro