site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेर सिँचाइ आयोजनाका अध्यक्ष, उपाध्यक्ष र सचिव भ्रष्टाचारी ठहर 

काठमाडौं । विशेष अदालतले मुगुको सोरु गाउँपालिका–५ स्थित नेर सिँचाइ आयोजनामा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, रामबहादुर श्रेष्ठ र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तत्कालीन उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख ६१ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनीहरूलाई दामासाहीमा एक लाख १२ हजार २९६ रुपैयाँ ३९ पैसा जरिवाना हुने फैसला गरेको छ ।

उपभोक्ता समितिका प्रतिनिधिले लागत अनुमानभन्दा कम काम गरी फिल्डमा नभएको कार्य पनि भएको भन्दै भुक्तानीका निम्ति झुटो बिल पेस गरेका थिए । आर्थिक वर्ष २०७८/०७९ मा उक्त आयोजनाको पाइपलाइनको काम एक हजार ७०० मिटर हुनुपर्नेमा ८१२.५ मिटर मात्र बनाइएको थियो । ८८७.५ मिटर नभएको कामको झुटो बिल पेस गरिएको थियो । भुक्तानीको सबै रकम भ्रष्टाचार भएको भन्दै उनीहरूलाई बिगो कायम गरिएको थियो ।

उनीहरूलाई भुक्तानी दिने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजीव रिमाललाई भने एक लाख १२ हजार २९६ रुपैयाँ जरिवाना र थप तीन महिना कैदको फैसला भएको छ ।

यस्तै, आयोजनाका सबइन्जिनियर नरबहादुर लावडलाई झुटो नापी तयार पार्न सघाएको ठहरसहित एक लाख १२ हजार २९६ रुपैयाँ ३९ पैसा जरिवाना र थप ६ महिना कैद तथा थप १० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro