site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रम आप्रवासन नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण

काठमाडौं । श्रमविज्ञ डा. गणेश गुरुङको संयोजकत्वमा गठित समितिले नौ महिनापछि श्रम आप्रवासन नीतिको मस्यौदा सरकारलाई हस्तान्तरण गरेको छ । मन्त्रालयमा आइतबार एक कार्यक्रमबीच श्रम आप्रवासन नीतिको मस्यौदा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई हस्तान्तरण गरिएको हो ।

नौ महिनाअघि सरकारले सामाजिक सुरक्षा, रोजगारीको अवसरलगायत विषयमा अध्ययन गरी श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन विज्ञ समिति गठन गरेको थियो । श्रममन्त्रीलाई मस्यौदा हस्तान्तरण गर्दै संयोजक गुरुङले ०७८ को राष्ट्रिय जनगणनाको तथ्यांक खेलाएर नीतिको मस्यौदा बनाइएको बताए । उनले नयाँ पञ्चवर्षीय योजनाअनुरूप उक्त मस्यौदा तयार गरिएको जानकारी गराए ।

वैदेशिक रोजगारीको क्षेत्र परिवर्तन भइरहेकाले नीति बनाउनुपर्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे । उनले श्रम आप्रवासन नीति बनाउँदा सातै प्रदेशमा गएर सरोकारवालासँग अन्तरक्रिया गरिएको बताए । आईएलओ, आईओएमले विज्ञसँग मिटिङ राखेर सुझाव समेत दिएको उनले सुनाए ।

श्रम आप्रवासनमा रहेका नागरिकलाई निर्वाचन प्रणालीमा समावेश गराउने प्रावधान समेत मस्यौदामा समावेश गरिएको उनले जानकारी गराए ।

समितिमा डा. केशव बस्याल, प्रतिमा शर्मा, जुना माथेमा, मञ्जु गुरुङ सदस्य थिए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro