site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले जनतामा आशा जगाउन सकेन : पोखरेल
गोविन्द पोखरेल । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द पोखरेलले वर्तमान सरकारले जनतामा आशा जगाउने छनक नदेखाएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय समितिको आइतबार बसेको बैठकमा उनले वर्तमान सरकारमा पठाइएका मन्त्री, मधेस प्रदेशमा मन्त्रिपरिषद्को आकार, विभिन्न नियुक्ति, सरुवाबारे पनि नागरिक तहमा व्यापक आलोचना भएको बताए । 

“१०० दिन नपुग्दै समाजमा यो सरकारले आशा जगाउन सक्दैन कि भन्ने संशय पैदा भएको छ । त्यसैले हामीले बनाएका आर्थिक, सामाजिक र लोकतान्त्रिक संरचनाहरूका कमजोरीले भन्दा पनि राजनीति दलका नेतृत्वको कार्यशैलीबारे गरिएका टीकाटिप्पणीलाई मनन गरेर जनताको भावनाअनुसार सुधारिएर काम नगर्ने हो भने हामीले श्रीलंका र बंगलादेशको नियति भोग्न नपर्ला भन्न सकिँदैन‚” बैठकमा उनले भने ।

नयाँ गठबन्धनपश्चात् पुँजीबजार गतिशील हुनु राम्रो संकेत भएको उनले उल्लेख गरे । यसको गतिशीलताबाट सरकारले भनेजति फाइदा लिन नसकेको उनको भनाइ थियो ।

उनले भने‚“छिमेकी मुलुक भारतमा जहाँ पुँजीबजारको प्रणाली हाम्रोभन्दा बढी सबल छ, त्यहाँ पुँजीको लाभकर एक वर्षभन्दा कमको २०% र एक वर्षभन्दा बढीको १२.५% छ । जबकि, नेपालमा त्यो ७.५% र ५% छ । यसको मतलब पुँजीबजारमा दिनमा केही व्यक्तिले लाखौँ कमाएका पनि छन्, तर तिनले जम्मा ७.५% मात्र कर तिरे पुग्ने नीतिगत व्यवस्था छ ।”

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro