site stats
बाह्रखरी :: Baahrakhari
खेल
पेरिस ओलम्पिक : अन्तिम दिन नौ खेलमा प्रतिस्पर्धा हुँदै 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पेरिस ओलम्पिक–२०२४ को अन्तिम दिन आज नौ खेलमा प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा आइतबार एथ्लेटिक्स (महिला म्याराथन), बास्केटबल (महिला), ह्यान्डबल (पुरुष), आधुनिक पेन्टाथोलोन (महिला), ट्रयाक साइक्लिङ (पुरुष किरिन, महिला स्प्रिन्ट, महिला ओम्नियम)मा प्रतिस्पर्धा हुँदै  । 

त्यस्तै, भलिबल (महिला), वाटर पोलो (पुरुष), वेटलिफ्टिङ (महिला ८१ केजी माथि), रेस्लिङ (पुरुष फ्रिस्टाइल ६५ केजी, पुरुष फ्रिस्टाइल ९७ केजी, महिला फ्रिस्टाइल ७६ केजी) गरी नौ खेलमा स्वर्ण पदकका निम्ति खेल हुने तालिका छ । 

नेपालकी महिला धावक सन्तोषी श्रेष्ठले पनि प्रतिस्पर्धा गर्ने तालिका छ । सन्तोषीले आज महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । नेपालबाट ओलम्पिकमा कुल सात खेलाडीले सहभागिता जनाए पनि बाँकी ६ खेलाडीको चुनौती समाप्त भइसकेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्