site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनार्दन शर्माको प्रस्ताव– प्रचण्ड अब संरक्षक बसेर नेतृत्व हस्तान्तरण गर्नुपर्छ  (प्रस्तावसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले प्रचण्डलाई अब संरक्षक भएर बस्न सुझाव दिएका छन् ।

पार्टी जारी बैठकमा उनले यस्तो प्रस्ताव गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, “अध्यक्ष  प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।”

शर्माले युवालाई सांगठनिक नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पनि गरेका छन् । उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्