site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीसँग लिमीवासीको माग– सिमकोट–लिमी–लाप्चा सडक सधैँ सञ्चालन हुन सक्ने बनाइदिनुस्
Tiktok banner adTiktok banner ad

काठमाडौं । सिमकोट–लिमी–लाप्चा सडक सधैँ चल्न सक्ने गरी निर्माण गरिने भएको छ । लिमीवासीसँगको भेटमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिमकोट–लिमी–लाप्चा सडकलाई महत्त्व दिएर सम्पन्न गर्ने बताएका हुन् ।

नेपालको सबैभन्दा ठूलो गाउँपालिका नाम्खामा पर्ने लिमी उपत्यकाबाट मानसरोवरको दर्शन गर्न सकिन्छ । अहिले प्रयोग गरिएको सडक ६ महिना चल्ने र हिउँ पर्न थालेपछि बन्द हुन्छ । त्यसैले लिमीवासीले सधैँ चल्न सक्ने सडक बनाउन सरकारसँग माग गरेका हुन् ।

झन्डै ६ महिना यातायात सेवाबाट वञ्चित हुँदै आएका लिमी उपत्यकावासी उक्त समयमा राज्यको पहुँचबाहिर हुन्छन् । लिमी–लाप्चा र सिमकोट–हिल्साका दुवै सडकखण्डका नारापास र न्यालुपास पाँच हजार मिटर अग्लो उचाइमा छन् । हिउँदको समयमा ६ महिना हिउँले ढाकिएर उक्त बाटो अवरुद्ध हुन्छ । त्यसको विकल्पमा नाम्खा गाउँपालिकाको तुम्कोट खोलादेखि ककुवा हुँदै हिल्सासम्म करिब २९ किलोमिटर दूरीको कर्णाली नदीको तिरैतिर तुम्कोट–लिमी–हिल्साखण्डको बाटो विस्तारका निम्ति आवश्यक बजेटको व्यवस्था गर्न उनीहरूले माग गरे ।

अर्थमन्त्री पौडेलले सुरक्षा संवेदनशील र पर्यटकीय महत्त्व बोकेको लिमी उपत्यका र त्यहाँका बासिन्दालाई निराश नबनाई काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लिमी उपत्यकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न सरकारले प्राथमिकताका साथ काम गर्ने उनले उल्लेख गरे । हिल्सा नाकालाई सहज ढंगले आवतजावत गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ ।

अर्थमन्त्रीलाई लिमी उपत्यकावासीले किसानलाई जीविकोपार्जनका निम्ति विशेष अनुदानको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराए । पर्यटकीय उपत्यका भएकाले कैलाश मानसरोवर दर्शन गर्ने स्थानको लाप्चामा हाइलाइन पार्क (मन्दिर, गुम्बासहित दर्शन गर्न मिल्ने संरचना) बनाउन आवश्यक अध्ययन–अनुसन्धानसहित बजेट व्यवस्थापन गर्न आग्रह गरिएको छ । यसले पर्यटक प्रवर्द्धनमा मद्दत पुग्नुका साथै स्थानीयवासीको आय–आर्जनमा वृद्धि हुने भएकाले जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा लिइएको स्थानीयको भनाइ छ ।

उनीहरूले ‘जलवायु न्याय विशेष कार्यक्रम’ सञ्चालन गर्न समेत आग्रह गरे । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro