देश
बाजुरा । विद्युत् लाइन विस्तारका क्रममा करेन्ट लागेर शनिबार बाजुराको बडीमालिका नगरपालिका–७ का ३३ वर्षीय मनबहादुर विष्टको मृत्यु भएको छ ।
विद्युत् लाइन विस्तारका क्रममा बडीमालिका–६, जडनङ्गामा विष्टलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिंह कार्कीले जानकारी दिए ।
जडाङ्गामा ३३ केभीको लाइन बनाउने क्रममा करेन्ट लागेर विष्ट घाइते भएपछि उपचारका निम्ति अछामको बयालपाटा अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको निरीक्षक कार्कीले बताए । रासस
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१ २०:५७
प्रतिक्रिया दिनुहोस्