site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी शुद्धीकरणमा प्रचण्डको जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सक्षम र सबल बनाउन शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटीको बैठकमा उनले वैचारिक, राजनीतिक र सांगठनिक विषयमा धारणा राखेका थिए । संसदीय परिपाटीबाट पार्टी प्रदूषित भएको भन्दै उनले शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिएका प्रवक्ता अग्नि सोपकोटाले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बैठकमा प्रचण्डले विगतका अनुभवको अध्ययन गर्दै नयाँ बहसमा ध्यान दिनुपर्ने बताएका थिए । नयाँ वैचारिक संश्लेषण गर्दै पार्टीलाई सोहीअनुसार सुदृढीकरण गर्नुपर्ने उनले धारणा व्यक्त गरेका थिए । उनले स्पष्ट नीति, योजना, नयाँ कार्यक्रमसहित जनतामा जानुपर्नेमा जोड दिएका प्रवक्ता सापकोटाले बताए ।

वामपन्थीलाई एकताबद्ध गर्न समाजवादी मोर्चामा आबद्ध दलका नेताहरूसँग छलफल भइरहेको र छिटै परिणाम निस्कने समेत उनले बताएका सापकोटाले जानकारी दिए ।

बैठकमा प्रचण्डसहित उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुनलगायत १३ सदस्यले धारणा राखेका उनले जानकारी दिए । बैठक आइतबार पुनः बस्ने उनले बताए ।

जनपरिचालन, संगठन निर्माण र विस्तारलगायत एजेन्डमा केन्द्रित माओवादी केन्द्रको स्थायी कमिटीपछि केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरिएको छ । हिमालयन टेली भ्वाइस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro