site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुरुष भएको आरोप लागेकी अल्जेरियन बक्सर खेलिफले जितिन् स्वर्ण

काठमाडौं । चिनियाँ प्रतिद्वन्द्वी याङ लिउलाई फाइनलमा हराउँदै अल्जेरियन बक्सर इमान खेलिफले पेरिस ओलम्पिक–२०२४ अन्तर्गत ६६ केजी बक्सिङमा स्वर्ण पदक जितेकी छन् ।

रोनाल्ड गारोस रंगशालामा फाइनलका निम्ति प्रवेश गर्दा खेलिफले समर्थकबाट न्यानो स्वागत पाएकी थिइन् । रंगशालाभर खेलिफको समर्थनमा अल्जेरियन समर्थकको बाक्लो उपस्थिति थियो ।

“म निकै खुसी छु । पछिल्लो आठ वर्षदेखि यो मेरो सपना बनेको थियो । र, अहिले म ओलम्पिक च्याम्पियन र गोल्ड मेडलिस्ट बनेको छु । मैले आठ वर्ष अनिँदो रहँदै मेहनत गरेँ । यहाँ मलाई समर्थन गर्न आउनुभएका सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छु,” जितपछि उनले भनिन् ।

फाइनलपछि दुवै बक्सले सम्मानस्वरूप अँगालो हालेका थिए । ओलम्पिकको प्रारम्भिक चरणमा इटालियन बक्सर एन्जेला कारिनीलाई ४६ सेकेन्डमै हराएपछि खेलिफ अन्तर्राष्ट्रिय मञ्चमा चर्चाको केन्द्र बनेकी थिइन् ।

हारपछि कारिनीले खेलिफको जस्तो प्रहार आफूले यसअघि कहिल्यै नबेहोरेको बताउँदै अल्जेरियन बक्सर पुरुष भएको टिप्पणी गरेकी थिइन् । तर, त्यसको केही समयपछि भने कारिनीले आफ्नो धारणाप्रति माफी माग्दै खेलिफविरुद्ध आगामी दिनमा प्रतिस्पर्धा हुने भए आफू तयार रहेको बताएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro