site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजा युद्धविराम ‘अब’ आवश्यक : ईयू प्रमुख
Tiktok banner adTiktok banner ad

ब्रसेल्स । युरोपेली संघ (ईयू)का प्रमुख उर्सुला भोन डेर लेनले शुक्रबार गाजामा तत्काल युद्धविराम आवश्यक भएको बताएका छन् । यसबाट इजरायल र हमासबीच युद्धविराम सम्झौताका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

“हामीलाई अब गाजामा युद्धविराम आवश्यक छ, जीवन बचाउने, शान्तिको आशा पुनःस्थापित गर्ने र बन्धकहरूको फिर्ती सुनिश्चित गर्ने यही एक मात्र तरिका हो,” सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, “त्यसैले यस क्षेत्रमा आवश्यक शान्ति र स्थिरता हासिल गर्न अमेरिका, इजिप्ट र कतारको नेतृत्वमा गरिएका प्रयासहरूलाई म दृढतापूर्वक समर्थन गर्दछु ।”

युद्धले क्षेत्रीय तनाव बढेपछि इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले बिहीबार अमेरिका, कतार र इजिप्टको मध्यस्थकर्ताहरूको मागमा अगस्ट १५ मा गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न सहमत भएको बताएको थियो ।

नोभेम्बरमा एक साता लामो युद्धविरामपछि अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूले इजरायलमा अक्टोबर ७ मा हमासको अभूतपूर्व आक्रमणबाट सुरु भएको १० महिना लामो युद्धमा दोस्रो युद्धविराम सुनिश्चित गर्ने प्रयास गरेका छन् ।

बिहीबार संयुक्त विज्ञप्तिमा तीन मुलुकका नेताहरूले युद्धरत पक्षहरूलाई अगस्ट १५ मा दोहा वा कायरोमा वार्ता पुनः सुरु गर्न आमन्त्रण गरेका छन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro