site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माछापुच्छ्रे बैंक र इ–क्यान झापाबीच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इ–क्यान) बीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा इ–क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुवेदी तथा बैंकका तर्फबाट सहायक महाप्रबन्धक भरतकुमार लम्सालले हस्ताक्षर गरे ।

सम्झौतापश्चात इ–क्यान, झापामा आबद्ध परामर्शदातालाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहज रूपमा उपलब्ध गराउनेछ । साथै इ–क्यान झापामा आबद्ध परामर्शदाताहरूको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैंकले हाल देशका सातवटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहीत बैंकिङ सेवा तथा २०० स्थानमा रहेका एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाईसेवा प्रदान गर्दै आइरहेको छ  ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्