site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय विदेश सचिव आइतबार नेपाल आउँदै

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आउने भएका छन् ।  सचिव मिश्री यही साउन २७ गते आइतबार नेपाल आउन लागेका हुन् ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले नेपालका उच्च पदस्थ व्यक्तिहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विदेश सचिव मिश्री साउन २८ मा भारत फर्किने कार्यक्रम तय भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro