site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुसी सेनामा कति भारतीय भर्ती भएका थिए ?

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले शुक्रबार लोकसभामा रुसी सेनामा भर्ती भएका भारतीयका बारेमा जानकारी दिएका छन् । विदेशमन्त्री जयशंकरले लोकसभामा भने, “९१ जना भारतीय रुसी सेनामा भर्ती भएका थिए, जसमध्ये आठजनाको मृत्यु भैसकेको छ ।”

रुसी सेनामा भर्ती भएका १४ भारतीयलाई भारत सरकारको सहयोगमा उद्धार गरी रुसबाट बाहिर ल्याइएको उनले बताए । अझै पनि रुसी सेनामा भर्ती भएका ६९ भारतीय उद्धारको पर्खाइमा रहेको उनले लोकसभालाई जानकारी दिए । “रुसी सेनामा भारतीयको भर्तीलाई हामीले गम्भीर रूपमा लिएका छौँ । मैले रुसी विदेशमन्त्रीसँग पटक पटक यो मुद्दा उठाएको छु,” उनले भने ।

गत महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको भ्रमण गर्दा रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनसँग पनि यस मुद्दालाई उठाएको उनले जनाए । भारतीयलाई स्वदेश फिर्ता पठाउन आश्वासन पुटिनले दिएको विदेशमन्त्री जयशंकरले बताए ।
भारतीय नागरिकहरूले रूसी सेनासँग सेवाको लागि सम्झौतामा हस्ताक्षर गरेका कारण समस्या आएको बुझाई रुसी पक्षको रहेको उनले जनाए । “तर हामी त्यो विश्वास गर्दैनौँ, मलाई लाग्छ कि हाम्रा नागरिकहरूलाई बहकाइएको थियो । उनीहरूलाई अर्कै कामको लागि भनि लगियो र रूसी सेनामा भर्ती गरियो,” उनले भने ।

सीबीआईले १९ व्यक्ति र संस्थाविरुद्ध फौजदारी मुद्दा दर्ता गरेको विदेशमन्त्री जयशंकरले बताए । रुसबाट फर्किएका १४ जनामाथि पनि अनुसन्धान भइरहेको उनले जनाए । १० मानवतस्कर विरुद्ध पर्याप्त प्रमाण फेला परेको पनि उनले बताएका छन् ।  

यस मुद्दाको अनुसन्धानका क्रममा गत अप्रिल २४ मा २ जना र मे ७ मा थप २ जनालाई पक्राउ गरिएको थियो । आरोपित चारै जना अहिले न्यायिक हिरासतमा रहेको उनले जनाए ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro