site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय पासपोर्टपछि स्पेनको आवासीय पर्मिट लिएका नेपाली मुम्बई विमानस्थलमा पक्राउ

मुम्बई । भारतीय पासपोर्ट प्राप्त गरी स्पेनको आवासीय पर्मिट लिएका सन्तोष अर्याल नामका एक नेपाली भारतको मुम्बई विमानस्थलमा पक्राउ परेका छन् । अर्यालले गोरेगाउँमा बसेको बेलामा नक्कली आधार कार्ड, प्यान र भोटर आइडी लिएका थिए । अधिकारीहरूले त्यस कार्यमा संलग्न एजेन्टको खोजी गरिरहेको बताइएको छ ।

४१ वर्षिय अर्यालको पासपोर्टमा सन् २०२१मा स्पेन उड्दा भारतीय अध्यागमनको स्ट्याम्प नभएको पाइएपछि अनुसन्धान अगाडि बढाइएको थियो । अनुसन्धान गर्दा उनले गोरेगाउँमा करिब दुई दशक बस्दा आधार कार्डलगायत डकुमेन्ट बनाएका थिए ।

Dabur Nepal
NIC Asia

ती कागजात प्रयोग गरेर उनले २०२१मा पासपोर्ट बनाएका हुन् । उनी स्पेन विभिन्न देश हुँदै गएका थिए । स्थानीय प्रहरीले नक्कली  कागजात बनाउन सहयोग गर्ने एजेन्टको खोजी गरिरहेको बताइएको छ ।

अर्याल सुरुमा नेपाली पासपोर्ट प्रयोग गरी बंगलादेश, तुर्केमिनिस्तान र इटाली हुँदै स्पेन पुगेका थिए । स्पेन पुगेपछि उनले नेपाली पासपोर्ट च्यातेर भारतीय पासपोर्ट प्रयोग गर्न थालेका थिए । प्रहरीले अर्यालसँग भएका सबै कागजात जफत गरेको जनाइएको छ । टाइम्स अफ इण्डिया
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro