site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस बैठकमा महामन्त्रीद्वयमाथि आक्रोश, सनातन धर्मसापेक्ष राष्ट्रको माग

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा नेताहरूले सरकार सञ्चालन, संविधान संशोधन, गठबन्धनको औचित्य र पार्टीको आन्तरिक समस्यासहितका विषयमा धारणा राखेका छन् ।

जारी बैठकको दोस्रो दिन आज कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारलाई प्रभावकारी बनाउन संयन्त्र बनाउनुपर्ने आवश्यकता औँल्याइन् ।

अर्का केन्द्रीय सदस्य राजेन्द्र केसीले पार्टीको प्रदेश समितिलाई थप अधिकार दिनुपर्नेमा जोड दिए । 

Dabur Nepal
NIC Asia

यस्तै, देवेन्द्रराज कँडेलले वैदिक सनातन धर्मसापेक्ष देश बनाउन संविधान संशोधनको नेतृत्व पार्टीले लिनुपर्ने धारणा राखे । उनले अबको संविधान संशोधनबाट मुलुकलाई वैदिक सनातन धर्मसापेक्ष देश बनाउनुपर्ने बताए ।

अर्का केन्द्रीय सदस्य राजीव कोइरालाले कांग्रेस–एमाले गठबन्धनको औचित्यलाई सरकारले कामबाट प्रमाणित गर्नुपर्ने बताए ।

यस्तै, गोविन्द भट्टराईले संविधान संशोधनको विषयमा पार्टीका समर्थकलाई सूचित गर्न पार्टीले सक्रिय भूमिका खेल्नुपर्ने बताए ।

यसैगरी, मोहन बस्नेतले भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु टी स्टेटसम्बन्धी दुई महामन्त्रीका सार्वजनिक वक्तव्यले गठबन्धनलाई अप्ठेरोमा पारेको बताए । महामन्त्रीहरूको यस्तो वक्तव्यले गठबन्धनको औचित्यमा प्रश्न उठ्न सक्ने उनको भनाइ छ ।

"महामन्त्रीहरूले शेरबहादुर देउवा प्रधानमन्त्री नबनून् भन्ने सोच राखेर यस्तो बोल्दै छन् । उहाँरूका यस्ता हर्कतलाई रोक्नुपर्छ," उनले भने ।

बैठकमा सातै प्रदेश सभापतिहरूले आआफ्ना प्रदेशका रिपोर्टिङ गरेका थिए । उनीहरूले प्रदेशको अवस्था, चुनौती र भाबी योजनाबारे विस्तृत जानकारी गराएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro