site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खानेपानीको महसुल वृद्धिविरुद्ध धरानमा भएको प्रदर्शनमा तीनजना घाइते 

विराटनगर । खानेपानीको महसुल वृद्धिविरुद्ध भएको प्रदर्शनमा सुनसरीको धरानमा तीनजना घाइते भएका छन् । बिहीबार प्रहरीसँग भएको झडपमा परी दुई स्थानीय र एक प्रहरी घाइते भएका हुन् ।

नेकपा (माओवादी केन्द्र) धरानका अध्यक्ष मनोज भट्टराईले दिएको जानकारीअनुसार बिहीबार खानेपानीको महसुल वृद्धिविरुद्ध प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरूले उपमहानगरपालिकाको सिन बोर्ड फ्याक्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसपछि झडप भएको हो ।

उपमहानगर मेयर हर्क साम्पाङले साउन १ गतेदेखि लागु हने गरी खानेपानीको महसुल वृद्धि गरेका थिए ।‌ यसको विरोध गर्दै १० राजनीतिक दल आन्दोलनमा छन् ।

विरोधमा धरानको खानेपानी बोर्डको कार्यालय र महसुल काउन्टरमा पनि तालाबन्दी गरिएको थियो । तर, उच्च अदालत विराटनगरको आदेशपछि ताला खोलिएको छ । 

उपमहानगरपालिका मेयर साम्पाङले भने सामाजिक सञ्जालबाट खानेपानीसम्बन्धी समस्या समाधान गर्न धरानमा गरिएको प्रयासलाई विश्वले सम्मान गरेको बताउने गरेका छन् ।

माओवादी केन्द्र धरानका अध्यक्ष भट्टराईले महसुल वृद्धिको निर्णय खारेज नभएसम्म आन्दोलन गरिरहने बताए ।‌

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro