site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राधिकरणले लेखा समितिमा बुझायो ५० हजार पेजको विवरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेटिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण लेखा सिमितिमा बुझाएको छ ।

लेखा सिमितिले उद्योगले बिजुली प्रयोग प्रमाण मागेपछि प्राधिकरणले टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे विवाद उत्कर्षमा पुगेपछि लेखा समितिले प्राधिकरणसँग टीओडी (टाइम अफ डे) मिटरको तथ्यांक मागेको थियो । लेखा समितिले प्राधिकरणलाई टीओडी मिटरको विवरण पेस गर्न पाँच दिनको समय दिएको थियो ।

टीओडी मिटरको विवरण मेटिइसकेको चर्चा भइरहेका बेला प्राधिकरणले संसदीय समितिमा ५० हजार पेजको 'प्रमाण' उपलब्ध गराएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्