site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इसेवा प्रालिबाट बन्यो लिमिटेड, गुगल प्ले स्टोरमा उपलब्ध भयो एप
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनेको छ । गत वैशाख २८ गते नै कम्पनी लिमिटेड बनेको इसेवाले बताएको छ ।

यसबीच कम्पनीले सोही नाम गुगल प्ले स्टोरमा समेत अपडेट गरेको छ । नयाँ नाम अपडेट गर्ने क्रममा इसेवा छोटो समयका लागि गुगल प्ले स्टोरमा उपलब्ध नभएको कम्पनीले जानकारी दिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अहिले सबै काम सकिएपछि एप फेरि प्लेस्टोरमा उपलब्ध भइसकेको कम्पनीले बताएको छ ।

इसेवा स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि थियो । कम्पनी लिमिटेडमा रूपान्तरण भएपछि इसेवाको बिजनेस भेरिफिकेसन गर्न समय लागेको कम्पनीले जनाएको छ ।

Royal Enfield Island Ad

गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स (डीयूएनएस) नम्बर प्रयोग गर्छ । यो डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ ।

नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थाई समयको लागि उपलब्ध नगराएको  इसेवाले जनाएको छ ।

अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुनः प्ले स्टोरमा उपलब्ध भइसेकेको कम्पनीले जनाएको छ । यो सामान्य प्रक्रिया भएको र अन्य कुनै समस्या नरहेको इसेवाले स्पष्ट पारेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro