site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४ लाखसहित राँझा एयरपोर्टबाट पाँचजना समातिए
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्रोत नखुलेको २४ लाख रुपैयाँसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित राँझा एयरपोर्टबाट बुधबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ४४ वर्षीय प्रकाशनारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशीष गुप्ता, ४६ वर्षीय विमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल छन् । 

उनीहरू काठमाडौं आउन लागेका थिए । एयरपोर्टको प्रस्थानकक्षमा जाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकमसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro