site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृत्यु भइसकेको ठानेर काजक्रिया गरिएका नेपाली ६४ वर्षपछि जीवित फेला

पिथौरागढ । कामका सिलसिलामा भारत गएका एक नेपालीको मृत्यु भइसकेको परिवारले ठानेकामा ६४ वर्षपछि जीवितै फेला परेका छन् । बैतडीको पुर्चुनीहाटका नरसिंह राउटाके १७ वर्षको उमेरमा कामका निम्ति उत्तराखण्डको पिथौरागढ गएका थिए । लामो समय उनीसँग परिवारको कुनै सम्पर्क नभएकाले मृत्यु भइसकेको ठानिएको थियो ।

झुलाघाटका सुरेन्द्र कुमारका अनुसार, थुप्रै कामदार नेपालको पुर्चुनीहाट क्षेत्रबाट पिथौरागढमा कामको खोजीमा जाने गरेका छन् । उनीहरूबीच नरसिंहलगायत हराएका मानिसका बारेमा कुराकानी हुने गरेको थियो । पुर्चुनीहाट नेपाल र भारतको सीमाक्षेत्रको ठाउँ हो ।

उनका बारेमा यसअघि पिथौरागढ र उत्तराखण्डका विभिन्न स्थानमा खोजी गरिएको थियो । तर, फेला नपरेपछि परिवारले उनको अन्तिम काजक्रिया समेत गरेको थियो ।

आफूलाई नरसिंह दाबी गर्ने व्यक्ति उनको गाउँबाट ५० किमि टाढाको ठाउँमा घुमफिर गरिरहेको केही दिनअघि परिवारले खबर पायो । नरसिंहका भतिज गामीसिंह राउटाकेका अनुसार, उनले आफ्ना काकालाई कहिल्यै भेटेका थिएनन् । तर, परिवारका ज्येष्ठ सदस्यहरूबाट सुनेका थिए ।

उनले त्यो मान्छेलाई भेट्ने निर्णय गरे र केही आफन्तसहित त्यहाँ गए । परिवारका सदस्यले भेटेपछि ती व्यक्ति उनीहरूका हराएका आफन्त हुन् भन्ने पुष्टि भएको थियो । त्यसपछि उनलाई घरमा लगियो । टाइम्स अफ इन्डियाबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro