site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हसिनालाई पक्राउ गरेर फिर्ता गर्न भारतलाई बंगलादेशी सर्वोच्च बारको आग्रह

ढाका । बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसन (एससीबीए)का अध्यक्ष एम महबुब उद्धिन खोकोनले पूर्वप्रधानमन्त्री शेख हसिना बाजेद र उनकी बहिनी शेख रेहनालाई पक्राउ गरेर फिर्ता पठाउन भारतलाई आग्रह गरेका छन् ।

उनले हसिनाले बंगलादेशमा धेरै मानिसको हत्या गरेको स्मरण गराएका छन् ।

बंगलादेशको पत्रिका डेली स्टारले जनाएअनुसार उनले एक वक्तव्य जारी गरी आफूहरूले भारतीय जनतासँग राम्रो सम्बन्ध कायम राख्न चाहेको पनि बताएका छन् ।

बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का संयुक्त महासचिव पनि रहेका खोकोनले बंगलादेशी अधिकारीहरूलाई देशमा संकटकाल नलगाउन आग्रह समेत गरेका छन् ।

उनले राजनीति र भ्रष्टाचारमा संलग्न भएका सर्वोच्च अदालतका न्यायाधीशहरूलाई एक हप्ताभित्र राजीनामा दिन पनि आग्रह गरेका छन् । एजेन्सी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro