site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चालु अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं । प्रधान्मन्त्री केपी शर्मा ओलीले सदनको चालु अधिवेशनबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिने बताएका छन् । मंगलबार टीआरसी कार्यदलको प्रतिवेदन बुझ्दै उनले संशाेधनका लागि सदनमा रहेको टीआरसी विधेयकमा दलहरूबीच सहमति जुट्नु कोसेढुंगा भएको उल्लेख गरे । उनले कानुन बनाएरै शान्ति प्रकृयाको बाँकी अन्तिम काम टुंगोमा पुर्याउने बताए । 

“अब यसलाई संसद्को समितिले सर्वसम्मतिले पारित गरेर पठाउँछ र पूर्ण हाउसले पनि सदनमा पास गर्छौं । यसै अधिवेशनबाट पास गर्छौं‚” उनले भने । 

प्रधानमन्त्री ओलीले धेरै छलफल र लामो समयपछि विधि पुर्याएर विधेयकमा सहमति जुटाएको भन्दै राजनीतिक दलहरुबीच अब कुनै पनि विवाद नरहने बताए । 

“कार्यदलले हामीसँग पनि सँगसँगै परामर्श गरेको छ । पार्टीहरूबीच सहमति जुट्दैन भन्ने पनि छैन । पार्टीको सहमति छ, दलका सांसदको पनि यो विधेयकमा सहमति छ‚” उनले भने । 

प्रधानमन्त्री ओलीले थालिएको शान्ति प्रकृया र त्यसको अन्तिम किस्ताको रूपमा सत्य निरूपण र मेलमिलाप कार्य अघि बढाउन संशोधन विधेयक आवश्यक भएकाले सदनमा ल्याइएको बताए । उनले विधेयक पीडितमैत्री हुन नसकेपछि संशोधन विधेयक ल्याउनुपरेको उल्लेख गरे ।
 
“यो विश्व समूदायले पनि नमुनाको रूपमा बुझोस् भनेर संशोधन विधेयक ल्याएका हौँ । सर्वोच्च अदालतको फैसला र पीडितमैत्री कानुन बनाउन भनेर प्रत्याभूति गराउनेजस्ता कुरा ध्यानमा राखेर अन्तिम रुपमा द्वन्द्वको अवशेष समाप्त गर्न र भविष्यमा यस्तो द्वन्द्व नहोस् भनेर यो विधेयक ल्याउनु परेको हो,” उनले भने, “तत्काल संशोधन पारित गरेर कार्यान्वनय लैजान्छौँ ।” 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro