site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशमा आन्दोलनका क्रममा पक्राउ परेका २,३५० जनालाई रिहा गर्न आदेश

काठमाडौं । बंगलादेशको विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका दुई हजार ३५० जना धरौटीमा रिहा भएका छन् । ढाकाको मेट्रोपोलिटन मजिस्ट्रेट अदालतले मंगलबार उनीहरूलाई रिहा गर्न आदेश दिएको हो ।

अदालत स्रोतका अनुसार राष्ट्रपतिले आन्दोलनका क्रममा विभिन्न मुद्दामा गत जुलाई १ देखि सोमबारसम्म पक्राउ परेकाहरूलाई रिहा गर्न आदेश दिएको ढाका ट्रिब्युनले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रपतिको आदेशलगत्तै अभियुक्तहरूका वकिलले धरौटीका लागि अपिल गरेका थिए । त्यसपछि अदालतले रिहा गर्न भनेको हो ।

अदालको आदेशसँगै बीएनपीका स्थायी कमिटी सदस्य नजरुल इस्लाम खान, अमिर खसरु महमुद चौधरी, बंगलादेश जातीय पार्टी (बीजेपी)का अन्दालिभ रहमान पार्थो, गोनो अधिकार परिषद्का अध्यक्ष नुरुल हक नुर, ब्राक विश्वविद्यालयका पूर्वशिक्षक आसिफ महताबसहित छन् ।

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशमा अन्तरिम सरकार गठनको प्रयास थालिएको छ । सेनाले सोमबार नै अन्तरिम सरकार गठन गर्ने घोषणा गरे पनि सफल हुन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २२:२४
प्रतिक्रिया दिनुहोस्