site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संसद्लाई बिजनेसविहीन हुन नदिन समितिमा विधेयक नअड्काउ : प्रधानमन्त्री ओली 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बिजनेसविहीन रहेको भन्दै समितिमा रहेका विधेयक चाँडो अघि बढाउन आग्रह गरेका छन् । प्रधानमन्त्री भएपछि पहिलोपटक मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा पुगेका प्रधानमन्त्री ओलीले भ्रष्ट्राचार निवारणसम्बन्धी विधेयक पनि छिटो अघि बढाउन आग्रह गरे । 

समितिले भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनसम्बन्धी विधेयकमाथिको छलफलमा डाकेपछि प्रधानमन्त्री समितिमा पुगेका हुन् । “बिजनेस नपाएर संसद् बस्ने कि नबस्ने भन्ने अवस्था भएको छ । सबै विधेयक लगातार छलफल गरेर अघि बढाऔँ,” प्रधानमन्त्री ओलीले समितिको बैठकमा भने, “भ्रष्टाचार नियन्त्रणसम्बन्धी विधेयक ढिला नगरौँ । समितिमा विधेयक नअल्झियोस् । ताकी फूल हाउसले पनि बिजनेस पाओस् ।” 

उनले अन्य समितिमा रहेका विधेयकहरू पनि चाँडो पास होउन भन्दै आग्रह गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu