site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कसैले भ्रष्टाचार गरे अनुहार हेरिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल समृद्ध र नेपाली जनतालाई सुखी बनाउन आवश्यक रहेको बताएका छन् । सरकारले नागरिकका आवश्यकता पूर्तिसँगै शान्ति सुरक्षाको प्रत्याभूति गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उनले आफूले भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए । “भयानक र खतरनाक तगारो भनेको भ्रष्टाचार हो, यसलाई नियन्त्रण गर्छौँ,” उनले भने ।

उनले सरकारले भ्रष्टाचारका विषयमा कुनै ‘कम्परमाइज’ नगर्ने उल्लेख गरे । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले सरकारले कसैप्रति आग्रह, पूर्वाग्रह नराख्ने बताए ।

“अहिलेको सरकार कसैप्रति आग्रह, पूर्वाग्रह र कसैलाई दुःख दिने मनसाय, नियत छैन,” उनले भने, “कसैले भ्रष्टाचार गरे अनुहार हेरिँदैन । कानुनको नजरमा सबै बराबर छन् । कानुनको कठघरामा उभ्याउँछौँ ।”

प्रधानमन्त्री ओलीले करका दर र दायरा फराकिलो गरेर मात्र नहुने जिकिर गरे । कर छली नहोस् भन्नेतर्फ सरकारको ध्यान रहेको उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro