site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्को अबको बैठकमा प्रस्तुत गर्ने गरी छलफल गर्न आग्रह

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्को आउँदो बैठकमा प्रस्तुत गर्ने गरी छलफल गर्न आग्रह गरेका छन् । मंगलबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यही साउन २९ गतेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने गरी अघि बढ्न आग्रह गरेका हुन् ।

सदनले बिजनेस नपाइरहेको अवस्थामा संक्रमणकालीन न्यायसम्बन्धी र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए । केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयकमा सहमति खोज्न आफू गम्भीर भएर लाग्ने उनले बताए ।

विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई निरन्तर बैठक बसेर टुंगो लगाउन उनले सुझाव दिए ।

बैठकमा विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची थियो । तर, समिति सदस्यहरूले पहिला नेपाल ऐनलाई संशोधनसम्बन्धी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन जोड दिए । त्यसपछि अरू विधेयकमाथि छलफल गर्न उनीहरूले आग्रह गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro