site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
झन्डै ६ महिनापछि महासमितिबाट पारित प्रस्तावलाई अनुमोदन गर्दै कांग्रेस 
कांग्रेस महासमिति बैठक । फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले झन्ड‌ै ६ महिनापछि महासमितिको बैठकबाट पारित प्रस्तावहरूलाई अनुमोदन गर्ने भएको छ । गत वर्ष फागुन ७–१० गतेसम्म ललितपुरको गोदावरीमा चलेको महासमितिको बैठकबाट तीनवटा प्रस्ताव सर्वसम्मतरूपमा अनुमोदित भएका थिए ।

उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावलाई अहिलेसम्मकांग्रेसको केन्द्रीय समितिले अनुमोदन गरेको छैन । महासमिति बैठकबाट पारित प्रस्तावहरू केन्द्रीय समितिबाट अनुमोदन भएपछि मात्रै कार्यान्वयनमा जान्छन् ।

महासमितिको बैठकमा महामन्त्री थापाले नेपाली कांगेसले निर्वाचनअघि कसैसँग पनि चुनावी गठबन्धन नगर्नेसहितको प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त विषयमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन फेर्नुको आधारका रूपमा प्रस्तुत गरेका थिए । कांग्रेसको महासमिति बैठक सकिएको १० दिनपछि गठबन्धन फेरेका प्रचण्डले संसद्‌मा विश्वासको मत लिने क्रममा त्यसलाई गठबन्धन फेर्नुपर्ने आधारका रूपमा प्रस्तुत गरेक थिए ।

त्यसबाहेक प्रचण्डले कांग्रेसको महासमिति बैठकमा हस्ताक्षर संकलनसहित बैठकमा पेस गरिएको हिन्दु राज्यको मुद्दालाई पनि गठबन्धन फेर्नुपर्ने आधारका रूपमा प्रस्तुत गरेका थिए ।

कांग्रेसको महासमितिमा उठेका मुद्दाका कारण राजनीतिक तरंग पैदा गरे पनि स्वयं कांग्रेसले भने अनुमोदन गरेर कार्यान्वयनमा लगेको छैन ।

महासमिति बैठकबाट पारित प्रस्तावहरू यही साउन २३ गतेदेखि सुरु हुने कांग्रेस केन्द्रीय समिति बैठकमा पेस गर्ने सहमति बूढानीलकण्ठमा सोमबार बिहान बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गरेको हो ।

“महासमितिमा पारित भएका प्रस्तावहरू संशोधनसहित केन्द्रीय समिति बैठकले पारित गर्ने एजेन्डा तय भएको छ,” कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले बाह्रखरीसँग भने, “त्यसबाहेक सहमहामन्त्रीहरूलाई दिने जिम्मेवारीका सन्दर्भमा निर्णयका लागि प्रस्ताव तयार पर्न समिति पनि गठन हुन्छ ।”

विधानविपरीतका संरचनालाई निरन्तरता

नेपाली कांग्रेसको विधानअनुसार पदाधिकारी र पूर्वपदाधिकारीको बैठकसम्बन्धी व्यवस्था छैन । विशेष मुद्दामा परामर्श लिन र केन्द्रीय कार्यसम्पादन समितिमा लैजाने एजेन्डा सभापतिले पदाधिकारीहरूसँग सुझाव लिने विषय स्वाभाविक भए पनि नियमित निर्णय प्रक्रियाका लागि बैठक राख्ने व्यवस्था कांग्रेसको विधानले दिएको छैन ।

तर, नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाले कार्यसम्पादन समितिको सट्टा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक प्रयोग गर्दै आएका छन् ।

नेपाली कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्ने र एउटा केन्द्रीय समिति बैठकदेखि अर्को केन्द्रीय समितिका बीचमा आवश्यक निर्णय लिने काम कार्यसम्पादन समितिको हो । तर, देउवाले कार्यसम्पादन समिति बैठकको विकल्प पदाधिकारी र पूर्वपदाधिकारीलाई बनाइरहेका छन् ।

कार्यसम्पादन समितिको बैठकमा हुने अधिकांश सदस्यहरू पदाधिकारी र पूर्वपदाधिकारी नै हुन् । तर, पनि कांग्रेसले वैधानिक अभ्यासलाई प्राथमिकतामा राखेको छैन ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  २०:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro